जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फोरमले मानेन राजपाको यस्तो प्रस्ताव - 2018-02-07
जनकपुरधाम, २४ माघ । प्रदेश २ मा मुख्यमन्त्री आलोपालो गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालको प्रस्ताव संघीय समाजवादी फोरम नेपालले अस्वीकार गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

जनकपुरमा राजपा र फोरमको पुत्ला जलाइयो - 2018-02-07
जनकपुरधाम पहिलो प्रदेशसभा बैठकमा हिन्दी भाषामा बोलेको भन्दै जनकपुरमा युवाहरूले राजपा र फोरमको पुत्ला जलाएको छ । गत माघ २१ गते प्रदेश नं २ को बसेको पहिलो प्रदेशसभा बैठका राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।

प्रदेश २ मा फोरम र राजपाबीच यसरी बन्दै छ सत्तासमीकरण - 2018-02-07
माघ २४ प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री, सभामुख, प्रदेश सभाका समितिका सभापतिका लागि प्याकेजमा भागबन्डा हुने भएको छ । प्रदेश सभा सदस्यले शपथ खाएको मितिले ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण दुवै दलले समग्र शक्ति बाँडफाँडमा औपचारिक वार्ता थाल्दै छन् ।

आज राष्ट्रियसभा चुनाव - 2018-02-07
माघ २४ राष्ट्रियसभा सदस्य चयनका लागि बुधबार मतदान हुँदै छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।

स्वराजको भ्रमणपछि ओली उत्साहित, उपेन्द्र महन्थको समर्थन, प्रचण्डले के गर्लान् - 2018-02-02
काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।

भारतीय विदेशमन्त्री स्वराज स्वदेश प्रस्थान् - 2018-02-02
काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपरान्ह स्वदेश फर्किएकी छिन् ।

मधेशीलाई स्वराजको भ्रमण संदेश :‘आन्दोलन छाडी सरकारतिर’ - 2018-02-02
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणबाट मधेशलाई कुनै उपलब्धी नभएपनि मधेशी नेताहरुलाई सरकारमा सहभागी हुन सुझाव आएको छ ।

मेयर गुप्ताको प्रमुख अतिथिमा बिधिगत वडा कार्यालय उद्घाटन। - 2018-01-31
रौतहट।माघ १७। रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वार्ड नं. ४ को वडा कार्यालय आज विधिवत रुपमा गौर नगरपालिकाका मेयर अजय गुप्ताले उद्घाटन गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसका उम्मेदवार - 2018-01-24
माघ १० यस्ता छन् राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसका उम्मेदवार

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178911
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top