जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


एनआरएन बेल्जियमको सहयोग रौतहटका शितल पिडितलाई - 2018-02-08
रौतहट, २५ माघ ।

जोखिए सांसद आफताब ७४ किलो लड्डुसँग - 2018-02-08
रौतहट । कांग्रेस नेता आफताब आलमलाई उनका समर्थकहरुले तेश्रो पटक सांसद भएको खुशीयालीमा लड्डु मिठाईले तौलेका छन् ।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र - 2018-02-08
माघ २५ विराटनगर, प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र दिइएको छ ।

वाम एकतामा अल्झन - 2018-02-08
काठमाडौं २५ माघ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दाबी गर्दै आएका थिए । तर चुनाव सकिएको झन्डै दुई महिना बितिसक्दा पनि दुई दलको एकता प्रक्रियामा अपेक्षित प्रगति भएको छैन ।

ओलीसँग हात मिलाएर सरकारमा जान तयार छु : उपेन्द्र यादव - 2018-02-08
माघ २५, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अबको सरकारमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले बाम गठबन्धनको सरकारमा सहभागि हुने स्पष्ट पारेका हुन्

प्रदेश १ को दुबै सिटमा वाम गठबन्धन विजयी - 2018-02-07
विराटनगर, २४ माघ। प्रदेश १ मा राष्ट्रिय सभा सांसदका लागि दुर्इ सिटमा भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति गठन - 2018-02-07
काठमाडौँ, २४ माघ प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ ।

राष्ट्रपति कसलाई बनाउनेबारे एमालेमा विवाद : विद्या कि झलनाथ - 2018-02-07
काठमाडौं, २४ माघ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा वाम गठबन्धन जुटिरहेको छ । यो बीचमा वाम गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको खुलासा भएको छ ।

हिन्दीमा सम्बोधन गरेको भन्दै विरोध - 2018-02-07
२४ माघ । धनुषा // प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178923
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top