जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


८०० पदका लागि साढे चार हजारको उम्मेदवारी । - 2017-09-07
रौतहट, २२ भाद्र । विस वर्ष पछाडि हुने प्रस्तावित प्रदेश नम्बर २ को लागि आसोज २ गते मा हुृन लागेको तेश्रो चरणको चुनावमा रौतहटमा स्थानिय तहको निर्वाचनका लागि उत्साहजनक सहभगिता देखिएको छ ।

चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग - 2017-09-06
जनकपुरधाम । जनकपुरमा निर्वाचन आचार संहिता विपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

कांग्रेसले टिकट नदिएपछि फोरमबाट उम्मेदवारी - 2017-09-06
जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि काँगे्रसका एक प्रभावशाली नेता पार्टी परित्याग फोरबाट उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसमा विवाद हुँदा दुई पक्षबीच झडप, एक दर्जन बढी घाइते - 2017-09-06
सिरहा । तेस्रो चरणको स्थानीय निर्वाचनमा लागि उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिराहामा कांग्रेस कार्यकर्ताबीच बुधबार झडप हुदा एक दर्जन भन्दा बढी घाइते भएको छ।

राजपाबाट टिकट नपाएका विमल श्रीवास्तव फोरम लोकतान्त्रिकबाट उम्मेदबार - 2017-09-06
बीरगञ्ज । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबाट बीरगञ्ज महानगरपालिकाको टिकट नपाएका पूर्व मेयर विमल श्रीवास्तव नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदबार बनेका छन् ।

रा.ज.पा.बाट टिकट नपाए पछि मनोज गिरीद्धारा स्वतन्त्र उम्मेदवारीको घोषणा - 2017-09-03
दिलिप पाण्डे रौतहट भाद्र १८ । गौर नगरपालिकामा उप मेयर पदका लागि स्वतन्त्र उम्मेदवार भई मनोज गिरीले प्रचार प्रसार शुरु गरेका छन् । राष्ट्रिय जनता पार्टि नेपाल (रा.ज.पा.) रौतहटको अध्यक्ष मण्डलको सदस्य समेत रहेका

रौतहटमा विभिन्न पार्टी प्रत्याग गरि ने.क.पा माअोबादीमा प्रवेश। - 2017-08-31
रौतहट।भदौ १५ रौतहट जिल्लाको विभिन्न ठाउँमा विभिन्न पार्टी प्रत्याग गरि ने.क.पा माअोबादी पार्टीमा प्रवेश गरेकाछन। ने.क.पा माअोबादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख अतिथिमा रहेकोथियो।

रौतहटमा चुनावी माहौल ,उम्मीदवारहरु घरदैलोमा जुटयो । - 2017-08-28
रौतहट।भदौ ११ राष्ट्रिय जनता पार्टी नेपालको चुनावमा सहभागी हुने निर्णय पछि प्रदेश नम्बर २ को विभिन्न जिल्लामा चुनावी माहौल बनेका छन ! आसन्न तेस्रो चरण अन्तर्गत आसोज २ गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनितिक दलहरु जुटिसके पछि चुनावमा बातावरण बनेको हो !

रौतहटमा फोरमले स्थानीय तहकाे उम्मेदवार छानौट गरे - 2017-08-26
रौतहट, भदौ १०, २०७४। संघीय समाजवादी फोरम नेपाल रौतहटले अधिकांश स्थानीय तहको उमेदवार चयन गरेको छ । जिल्लामा रहेको अठारह स्थानीय तह मध्ये एघार तहको प्रमुखको उमेदवार अन्तीय टुंगो लगाएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178919
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top