जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


शिक्षा / स्वास्थ्य पटक पढिएको


सुर्तीजन्य पदार्थकै कारण विश्वमा कति जनाको निधन हुन्छन


जेष्ठ १७ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ ।

 धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभरमा झण्डै ३० लाख मानिसको कार्डिओभास्कुलु डिजिजका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।


यस्तै धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग बन्द गर्न सकेमा लाखौँ मानिसलाई हृदयघात था स्ट्रोकका कारण हुने मृत्युबाट जोगाउन सकिने देखिएको छ ।धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले बर्सेनि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ ।सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाई छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन - 2017-10-31
आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ । सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ ।

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी - 2017-10-16
रौतहट असोज ३० । रौतहट जिल्लाको परोहा नगरपालिका वार्ड नंबर ९ रामपुरखाप टोलमा रहेको प्राथमिक बिधालयमा प्रधानाध्यापक मो.दविर आलमको लापरवाहीको कारण दिनप्रतिदिन बिद्यालयमा विद्यार्थीहरु अनुपस्थित हुँदै गईरहेका छन । सरकारी बिधालय भएता पनि अहिले सम्म जिल्ला शिक्षा कार्यालयबाट अनुगमन पनि न आएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सत्यनारायण राउतले जनाएको छ ।

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस - 2017-10-14
अश्विन 28, शनिबार फिदिममा लाग्ने शनिबारे हटियामा निशुल्क अण्डा वितरण गरिएको छ । साबुन पानीले मिचेर हात धुने जोकोहिले सित्तैमा अण्डा खान पाएका हुन् । अण्डा खान आउनेलाई साबुनपानीले कसरी हात धुने र अण्डा खाँदा के के फाइदा हुन्छ भनेर समेत सिकाइएको थियो । शनिबार विहानै सदरमुकामको बजारमा तरकारी किन्न पुगेका सयौ सर्बसाधारणले निशुल्क अण्डा खाएका थिए ।

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै। - 2017-10-13
रौतहट असोज २७ रौतहट जिल्लाको गौर ननगरपालिका वार्ड नंबर ४गडवा टोलमा रहेको प्राथमिक बिधालयमा प्रधानध्यापक हरिचन्द्र साहको लपरवाहीको कारण दिनप्रतिदिन बिधालयमा बिधार्थीहरु अनुपस्थित हुँदै गईरहेकाछन।भने सरकारी बिधालय भएता पनि अहिले सम्म जिल्ला शिक्षा कार्यालयबाट अनुगमन पनि न आएको प्र।अ साहले जनाएकोछ। बिधालयमा शिक्षा र स्वरस्वतीको अडा भएता पनि शिक्षकहरु बसिबसि आफ्नो तलव पकाईरहेकाछन।भने यश बिधालयको अवस्था ५ बर्ष देखि यस्तै चलिरहेको स्थानीयबासीहरु जनाएकाछन।

उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी - 2017-10-13
अश्विन २६ रौतहट गौर नगरपालिकाका उप मेयर किरण ठाकुरले गौर अस्पतालको छडके निरेक्षण गर्नु भएको छ । बिहिवार जिल्ला स्वास्थ्य कार्यालय पुगि त्यहाँ बाट संचालित सेवा को अनुगमन निरक्षण गर्नु भएको हो । गौर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा आम जनताले सजिलै उपभोग गर्न नसकेको ब्यापक गुनासो आए पछि उप मेयर किरण ठाकुरले छडके अनुगमन गरेको बताएको हो ।

एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न । - 2017-08-27
रौतहट।भदौ १०। रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ७ मूडवालबा स्थित नेमधारी बासुदेव माध्यमिक विद्यालय मा आयोजित एकदिवसीय निशुल्क स्वास्थ्य परिक्षण शिविर संपन्न भएको छ !

रौतहटमा साथी नेपालको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न । - 2017-08-22
रौतहट।भदौ ६ । रौतहटमा बाढीले प्रभावित भएका ब्यक्तिहरुलाई माधवनरायण नगरपालिकामा साथी नेपालको सहयोगमा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । - 2017-05-22
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियो अर्थराइटिस भनिन्छ ।

यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न - 2017-05-22
विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।

PREV 1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको

226583
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top