जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


‘छक्का पञ्जा’ टिमबाट किन बाहिरिए माग्ने बुढा


मनोरञ्जन पटक पढिएको रासस


‘छक्का पञ्जा’ टिमबाट किन बाहिरिए माग्ने बुढा


काठमाडौं, २८ पुस । चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिर निस्केका छन् । उनी हालै सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएका छन् ।

पहिलो पटक ‘छ एकान छ’ फिल्मबाट ठूलोपर्दामा पाइला राखेका माग्ने बुढाले त्यसयता ‘छक्का पञ्जा २’सम्म आइपुग्दा चार वटा फिल्म गरिसकेका छन् । यो क्याम्प भन्दा बाहिरको फिल्म अहिलेसम्म उनले गरेका थिएनन् । दिपकराज गिरी र दिपाश्री निरौला टिमसँग रहँदा हरेकजसो फिल्ममा उनले लगानीमा पनि साझेदारी गर्दै आएका थिए ।


अब भने उनलाई बाहिरी ब्यानरमा पनि दर्शकले देख्न पाउने पक्का भएको हो । यतिबेला माग्ने बुढाले १० लाख पारिश्रमिक लिएर सुदर्शन पूजाको फिल्ममा अनुबन्ध भएको समाचार भाईरल बनिरहेको छ । उनले नै १० लाख लिएको स्विकार गरिसकेका छन् ।


फिल्मको कथावस्तु मन परेकोले अभिनयको लागी तयार भएको उनले बताएका छन् । उता ‘छक्का पञ्जा’ टिमले बर्षमा एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुकुवा गरेकै कारण यो प्रोजेक्टको लागी तयार भएको समेत खुलाएका छन् । फिल्मको छायाँकन माघको तेश्रो साताबाट सुरु हुने बताईएको छ । फिल्ममा अन्य लिड कलाकार को रहने भन्ने खुलाइएको छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


थाइल्याण्डमा भेटियो अनौठो बाँदर - 2017-05-23
थाइल्याण्डमा आफ्नो स्वभाविक तौलभन्दा झण्डै तीन गुणा बढी मोटाएको एक जँगली बाँदरलाई पक्रेर डाइटमा राखिएको छ। "अंकल फ्याट" उपनाम पाएको सो बाँदरको फोटो सोसल मिडियामा भाइरल भएपछि पक्रिएको बताइएको छ।

३७ वर्षमा ३८ बच्चाको आमा - 2017-05-06
कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।

‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर ! - 2017-05-06
यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

३२ वर्षपछि ‘वासुदेव’ - 2017-04-18
अभिनेता हरिहर शर्माले आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण फिल्म ‘वासुदेव’ बनेको ३२ वर्षपछि आइतबार फेरि हेर्न पाए । चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा अनामनगरको युनियन हाउसमा थालिएको साप्ताहिक फिल्म प्रदर्शनी तथा छलफल शृंखला ‘सन्डे सिनेमा’ मा फिल्म हेरेपछि उनले भने, "आफूले अभिनय गरेको भए पनि फिल्म हेर्ने मौका मिलेको थिएन।"

फिल्म खेल्छु भनेकै होइन - 2017-04-18
फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।

हमालको आक्रोश - 2017-04-18
राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । तर, राष्ट्रपति भारतको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै उनलाई पहिलो गासमै ढुंगा लागेको छ ।

दनुवार चलचित्रमा सूर्य - 2017-04-09
नेपालमा पहिलो पटक दनुवार भाषाको चलचित्र निर्माण हुने भएको छ । दनुवार भाषाकै गीत गाएर चर्चामा आएका गायक सूर्यकमल राई यो चलचित्रमा अभिनेताका रूपमा प्रस्तुत हुनेछन् ।

- 2017-04-08


PREV 1 2

ताजा समाचार


धेरैले पढेको


102806
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top