जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया


समाज पटक पढिएको दिलीप पाण्डेय




रौतहट, ८ बैशाख । गौर नगरपालिकाको आयोजनामा कुष्ठरोग निवारण सम्बन्धी एक दिवसीय संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कुष्ठरोग अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।

रौतहटका सबै स्थानीय तहमा छाला सम्बन्धी रोग उन्मूलन गर्ने उद्देश्यले नेपाल सरकारको सहयोगमा कुष्ठरोग निवारण गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य समायोजक कमलवर वर्माले जानकारी दिएका छन् ।

शरीरको विभिन्न अंगमा लाटो दाग हुने र चिलाउने भएकोले समयमा थाहा नपाउने हुँदा घर–घरमा गएर परिक्षण गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए ।

सम्पन्न र शिक्षित परिवारमा यस्ता किसिमको दाग हुँदा पनि लाज मानेर लुकाउने गरेको उनको तर्क रहेको छ । शरीरको कुनै भाग, पिठ्युं, औला, गुप्तांग नजिक यस्ता दाग बढी हुने गरेकोले नचिलाउने दाग भएमा नजिकको स्वास्थ्य चौकीमा गई स्वास्थ्यकर्मीलाई देखाउन समेत आग्रह गरेका छन् ।

१० हजार मा १ प्रतिशत ल्याउने सरकारको मुख्य लक्ष्य रहेको छ । प्रदेश २ मा कुष्ठ रोगीको संख्या १ दशमलव ७९ प्रतिशत रहेको तथ्यांकले देखाएको संयोजक वर्माले बताए ।

महिला स्वास्थ्यकर्मी र पुरुष स्वास्थ्यकर्मीले शरीरको परिक्षण गर्ने छन । छाला रोग विशेषज्ञ सहितको टोली त्यसको प्रमाणित गर्ने वर्माले बताए ।

घरमा स्वास्थ्यकार्मिको टोली गएमा निर्धक रुपमा चेकजाच गराउनलाइ अनुरोध गरेका छन् । त्यस्तै मौलपुर नगरपालिकामा कुष्ठरोग सम्वन्धी अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया - 2019-04-22
रौतहट, ८ बैशाख । गौर नगरपालिकाको आयोजनामा कुष्ठरोग निवारण सम्बन्धी एक दिवसीय संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कुष्ठरोग अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ - 2019-04-17
रौतहट बैशाख ०४ जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं मूल्य बराबरको अबैध समान पक्राउ गरि भन्सार पठाएका छन्।

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल - 2019-04-15
रौतहट बैशाख २ गते रौतहटको राजपुर नगरपालिकका मेयर मो सकिल अख्तरले आफ्नो नगरपालिकालाई बिकासको नमुना नगरपालिका बनाउने बताएका छन ।सोमबार पिप्रा भगवान चोक देखि पिप्रा गाउ सम्म निर्माण हुने १५० मिटर लामो पिच सडकको शिलान्यास गर्दै मेयर सकिलले आफ्नो कार्यकालमा नगरपालिकाको सम्पुर्ण कच्ची बाटो पिच गराउने प्रतिबधता जाहेर गरेका हुन ।

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग - 2019-04-03
रौतहटको चर्चित युवा नेता एवम नेकपाका प्रदेश २ कमिटी सद्स्य शम्भु साहले बिनासकारि हावाहुरी बाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । बाल्यकाल देखि निकै दयालु र समाजसेवा प्रती रुचि राख्ने साह आफ्नो तर्फबाट पीडित घर परिवारको लागि पार्टीका भातृ सङगठ्न युवा सङघ मार्फत राहत सामाग्री समेत पठाएका छन ।

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति - 2019-03-26
२०७५ चैत्र १२ मंगलवार रुकुम । भारी मात्रामा परेको असिनाले रुकुम पुर्वमा पाक्नै लागेको गहुँबालीमा क्षति गरेको छ । जिल्लाको अधिकांश ठाँउमा भारी मात्रामा असिना परेको छ ।

आजबाट एसईईस् पौने पाँच लाख परीक्षार्थी सहभागी - 2019-03-24
काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई देशैभरी सुरु भएको छ ।

दुर्गा भगवती गाउँपालिकाका माध्यमिक तहका सबै छात्रासंग साइकल - 2019-03-13
रौतहट २७ फागुन दुर्गा भगवती गाउँपालिका अन्तर्गत माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई एक भब्य समारोहका बीच साइकल बितरण गरिएको छ ।

वडा कार्यालयमा सिलिण्डर बम विस्फोट - 2019-03-13
चितवन – भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

मधेश पत्रकार महासंघ रौतहटको गठन - 2018-09-08
रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

393021
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top