Rajdevi Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
विचार/विश्लेषण


मैले माओबादी केन्द्रलाइ किन चुन्ने


विचार/विश्लेषण पटक पढिएको


मैले माओबादी केन्द्रलाइ किन चुन्ने


यो संविधानले स्थानिय निकायलाई सिहदरबारमा सिमित रहेका थुप्रै अधिकारहरु जनतालाईनै सुम्पिदैछ तब मात्र जनताले गणतन्त्र को मिठो आभाष पाउनेछन् ।

"गफ गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ" 

पाटिलाई सपोर्ट गरेको पनि होईन र माओबादिलाई सोह्रैआना ठिक पनि भन्दिन तर प्रचन्डले  मात्र युद्ध लडेनन् छोराछोरी सबैलाई युद्धमै लडाए चाहेको भए बिश्वका जुनसुकै युनिभर्सिटिमा पढाउन सक्थेहोलान् ।यो चाहि गर्भका साथ भन्छु कि ५१ साल भन्दा अघिको समाज कस्तो थियो अन्नाय अत्यचार ,सामन्त ,नाताबाद ,शोषण छुवाछुत जस्ता सामाजिक बिभेद कायम थियो युद्ध हुनु राम्रो होईन तर भयो नेपालमा मात्र होईन संस्रमै भयो तर भयो भनेर पछुताउनु पनि भएन ।तर यो चाहि भयोकी निरकुश राजतन्त्र हट्यो एउटा गरिब किसानको छोरोले पनि देश चलाउन सक्ने अवसर नेपाली जनतालाई प्राप्त भयो । हिजो समाजमा सामान्त प्रथा थियो तर आज नत म कसैलाई औला ठड्याउन सक्छु  नत मलाई कसैले ठड्याउन सक्छ रु टाठाबाठा भारभरदार नातापाताले जागिर खान्थे आदिबासीजनजातिको राज्यका हरेक तहमा सहभागीता न्युन थियो तर अहिले समावेसी ,र समानुपातिक प्रणालीला राज्यका सबै तह तप्का अंगमा प्रतिनिधित्व छ ,समाजमा धेरै परिबर्तन भएको छ ।अब शिक्षाप्रणालीमा धेरै सुधार गर्नुपर्ने देखिन्छ ताकि पढेर विधार्थीहरु आफै स्वरोजगार बन्न सकुन प्राबिधिक शिक्षाको आवाश्यकता छ यो पनि माओवादीकै एजेन्डा हुन अझै पुरा हुन बाँकीनै छन्। महिलाका हक अधिकार भन्नै पर्छ माओबादी सरकारमा आउनुभन्दा अघाडी धेरै कुठित थिए तर अहिले राज्यका प्रमुख अंगहरुमा अग्रस्थानसम्म बाताबरण सिर्जना गराउने माओबादी नै हो ।गणतन्त्र ल्याउनुपर्छ भनेर धेरैलडे संघर्ष गरे र आयो पनि तर केही प्रमुख पाटीका मुख्य नेताहरुले नेपालमा गणतन्त्र आउनुभनेको वयलगाडा चढेर अमेरिका जानुजस्ता उदाहरण दिएका कुराहरु अहिलेपनि रेकड हेर्न सकिन्छ तर गणतन्त्र आएरै छोड्यो  अब नेपालमा संविधान सभा गराएर जनताले चाहे अनुसारको खोजे अनुसारको सबै जातजाति ,धर्म बर्ण लिड्ग आदि सबैलाई समेटेर सबैलाई सम्मान हुनेखालको संविधान बनाउनुपर्छ भनेर संविधान पनि बन्यो ,यस्तो संविधान बन्यो कि संसारकै एक नमुना संविधान नेपालकै हुनुपर्छ इतिहास हेर्ने भने जहाँ संसदका ९० प्रतिशतको समर्थन र हस्ताक्षर सहितको संविधान बन्यो हुनसक्छ जझैपनि केहि तुर्टिहरु होलान यसलाईपनि संशोधन गर्दै जानसकिन्छ र २० बर्ष अघिबाट स्थगित भएको स्थानिय निर्बाचन पनि सबै राजनितिक दल सरकार पक्ष र बिपक्षीलाई पनि मनाउदै निर्बाचन गराई राज्यलाई निकास दिन र संमृद्धीका बाटोमा डोहोर्याउन धेरै प्रचन्डकै सहयात्रीले छोडेपनि आफ्नो पाटिको सिदान्त नेपाली जनताको मर्म भावाना सहिद र घाईतेहरुको सपना बोकेर एउटा मियो बनेर संघर्ष गर्ने पात्र प्रचन्डनै हुन  ।

यो संविधानले स्थानिय निकायलाई सिहदरबारमा सिमित रहेका थुप्रै अधिकारहरु जनतालाईनै सुम्पिदैछ तब मात्र जनताले गणतन्त्र को मिठो आभाष पाउनेछन् । यसको मुख्य शेयर पनि माओबादिलाईनै जान्छ तर नेपाली समाज छाति फुलाएर किन भन्न सक्दैनन् यी एजेन्डा माओबादीका हुन भनेर बुझेकाले पनि किन जिब्रो चपाउछन रु अनि कसै कसैले भन्ने गर्छन् माओबादीले मिलेर बसेका जाति उचालो भनेर रु त्यसो हो भने के आदिबासी भनेका नेपालका रैथाने जाती हुन कसैले धावा नबोले पनि हुन्छ ईतिहास हामीलेपनि पढेकै हो मलाई लाग्छ आदिबासी जनजातिलाई माओबादीले जागृत बनाएको हो । अधिकार सम्पन्न बनाउन खोजेको हो अहिले विकसित देशहरु सबैमा कामलाई बिश्वास गर्छन् कलालाई संम्मान गर्छन् तर जातजातिका नाममा बिभेद गर्दैनन् ।सधै दमन शोषण गरेर सधै राज गरिरहनुपर्ने हो शक्ति र सत्तामा हुनेलेरु नेपाल चार वर्ण छतिस जातको फुलबारी भन्ने तर ब्यबहारमा थिएन सबै जातजाति बसोवास भएको फुलबारीमा त सबै धर्म संकृति र पहिचानलाई राज्यले विभेदरहित सम्मान गर्न सक्नुपर्छ । संकृति भनेको राज्यको सम्पति हो ।२००७ साल देखिका ईतिहास पढेर र सुन्दै आएको आजको दिन सम्म हेर्दा बेबस्था  कति पटक फेरिए तर देश र नागरिकका अबस्था फेरिएन भएपनि कछुवाको गतिमा सत्ता र शक्तिमा हुनेले हलिमुहालि गरिरहे जनतालाई भेडा बनाईरहे परम्परागत शैलीले जरो गाडिरहयो विकास लगभगलगभक शुन्यजस्तै भयो केहि राणा र राजाले गरेका थिए ति पनि सबै जीर्ण अबस्थामा पुगेका छन् राज्यका स्रोतसाधन नदिनाला सबै सम्झौता गरेर सयौ बर्षलाई बेचे नेपाली नागरिकले नेपालमै भएको सम्पति आफ्नो भन्ने अधिकार रहेन टनकपुर ,महाकाली ,कोशी ,कर्णाली गणडकी तलायमा भारतले अधिपत्य जमायो धिकार छ तिमीहरुलाई अझै राष्ट्रबादको खोक्रो दन्त्यकथासुनाएर मख्ख पार्न खपिस छन कुन मुख देखाएर चुनाबमा जादैछौ ?जब माओबादी सरकारमा गयो नेपालको राजधानी भन्ने हो भने बिश्वकै अब्यबस्थित राजधानी हो कांग्रेश एमालेले ५० बर्ष राजनिति गरे तर राजधानीको बाटो फराकिलो पार्ने सम्म आट कसैले गर्न सकेन महाभुकम्पमा लाखौ नेपाली नागरिकको ज्यान गुम्नेथियोहोला तर माओबादी कै सरकारमा  डा बाबुराम भट्टराईको नौ महिनाको कार्यकालमै फराकिलो बनाई दिगो विकासको शुरुवात गर्ने राजस्व सोचे भन्दा तेब्बरवृद्धी भयो । 

अहिले फेरी माओबादीकै सरकार आयो ।भारतले सिमाना मिचेको जग्गा फिर्ता गराउन सफल भयो ,सिमानामा देशको लागी छातिथाप्ने माओवादीलेनै सिकाएको सच्चा देशभक्ति लडाकु थिए गोबिन्द र सरकारमा पनि सबै दलहरुलाई सजिलै मिलाउन सक्ने खुबी प्रचन्डमा बाहेक अरुमा देखिएन  र म भनु  प्रचन्ड साँच्चै प्रचन्डनै रहेछन् उनि यो देशको मियो (खम्बा)हुन अघिल्लो बर्ष १८ घन्टा लोडसेडिड्ग भई राजधानीनै अध्यारो हुदा मन चसक्क दुख्थ्यो तर अहिले लगभग देश लोडसेडिड्ग मुक्त हुनै लाग्दै छ संचारमा तिव्ररुपमा विकास भईरहेको छ स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सुधार भैरहेको छ ,बन्दभएका उधोगहरु संचालनका तयारि भैरहेको छ , सबै किसिमका बिकासका जगहरु बसाल्न सुरु भईरहेको छ उज्यालो नेपाल संमृद्ध नेपाल बनाउने अभियान चलिरहेको छ र यो सरकारलाई सलुट गर्नै पर्ने कुरा अघिल्लो बर्ष शुन्य मा रहेको आर्थिक वृद्दिदर ७प्रतिशत  को हाराहारिमा आउनुभनेको चानचुने कुरा होईन सरकारले एक बर्षमा कति काम गर्यो भन्नेकुरा यस बाट पनि सजिलै पुष्टि हुन्छ ।यस अवस्थालाई कायम गर्दै जानेहोभने नेपाल १५ बर्षमा हमीले चाहेको संमृद्ध नेपाल बन्नेछ । अर्को कुरा छिमेकी देशहरुसंग पनि कुटनितिक सम्बन्घ सुन्तुलनमा राख्नसफल भएको छ ।  "गफ गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ" 

- हरि प्रसाद खनाल हाल द कोरिया 

            





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मैले माओबादी केन्द्रलाइ किन चुन्ने - 2017-05-13
यो संविधानले स्थानिय निकायलाई सिहदरबारमा सिमित रहेका थुप्रै अधिकारहरु जनतालाईनै सुम्पिदैछ तब मात्र जनताले गणतन्त्र को मिठो आभाष पाउनेछन् ।

सन्दर्भ २५६१ औ बुद्ध जन्म जयन्तिको - 2017-05-10
असत्यलाई हजार बार सत्य भनिए पनि असत्य,असत्य नै हुन्छ । सत्यलाई हजार बार असत्य भनिए पनि सत्य,सत्य नै हुन्छ ।

भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद - 2017-05-08
हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

शासन र सत्तामा महिलाको अवस्था - 2017-05-05
महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा परिचित दक्षिण एशियामा राजनीति, सत्ता र शक्तिमा महिलाहरुको पहुँच बढ्दै गएको देखिएको छ ।

बिकाश र निकाशको निम्ति स्थानीय चुनाव - 2017-05-04
योग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ ।

एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु - 2017-04-26
बि.स‌ं. २०४३ सालमा क्यान्सरको कारणले आमा बित्दा म सानै थिए, त्यसैले कहिले पनि यो दिनमा आमालाई भनेर केहि उपहार दिन पाइन र त्यस्तो केहि दिनुपर्छ भन्ने न त् समझ थियो न त् हातमा पैसा ।

अपाङ्गताको आरक्षणमा समस्या - 2017-04-26
शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ ।

महिला सशक्तिकरणका कुरा - 2017-04-20
नेपालमा प्रजातन्त्रको आगमानसँगै शहरदेखि गाउँ मेचिदेखि कालीसम्मका कुना काप्चा र दूर दराजका स-सना छलफल, भेलादेखि लिएर सम्मेलन, गोष्ठि, आमसभामा सुन्न पाइने टट्कारो विषय महिला शहभागिता र तिनको सशक्तिकरण हो।

सवाल उठाउने महिलाको सतह - 2017-04-20
समुन्नत र समृद्ध समाजको परिकल्पना गर्दा हामीले अधिकार र कर्तव्यलाई सँगै जोडेर हेर्ने गर्दछौं । लैंगिक उत्पीडनको विरोधमा लामो समयदेखि आन्दोलनमा सहभागी भएका महिलाहरुले पनि आफूलाई सशक्त रुपमा सामाजिक र आर्थिक भूमिकामा प्रस्तुत गरेर सरकार तथा राज्यप्रतिको आफ्नो दायित्वलाई विस्तार गर्दै महिला सशक्तीकरणको वकालत गरिरहेको पाईन्छ ।

1 2 NEXT

ताजा समाचार


धेरैले पढेको

35001
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top