जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


वडा सदस्य राउतको निधन


समाज 9 पटक पढिएको दिलीप पाण्डेय


वडा सदस्य राउतको निधन


रौतहट , भदौ १५ रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ३ बसतपुर बाट वार्ड सदस्यमा निर्वाचित रा ज पा का स्थानीय नेता नन्हिपत राउतको करेन्ट लागेर भएको असामयिक निधन प्रति रा ज पा रौतहटका संयोजक शेख जमशैद शोक ब्यक्त गर्नु भएको छ l

एक प्रेस बिज्ञप्ति जारि गर्दै नेता जमशैदले पार्टीको एक जुझारु नेता गुमाउदा सिंगो पार्टीनै मर्माहत भएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ l साथै शोकाकुल परिवारलाइ धैर्य धारणको कामना गरिएको छ l यसै बीच शुक्रबार नै रा ज पा का नेताहरु मृतक को पार्थिव शरीरमा रा ज पा को झण्डा ओढाई अन्तिम श्रद्दान्जली अर्पण गरेको छ l गौर नगरपालिका उप मेयर किरण ठाकुर , रा ज पा नेता शेख जमशैद , राकेश झा , श्याम सुन्दर पटेल ,लगायतका नेताहरु मृतकको घरमा गइ श्रदान्जली अर्पण गर्नु भएको हो l
मृतक नहिपत राउतको शुक्रबार खेतमा पानि पताउने क्रममा मोटरमा करेन्ट लागि मृत्यु भएको थियो l



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254101
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top