जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान


राजनिति 66 पटक पढिएको अातिष मिश्रा


मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान


लहान, भदौ १३ । मुख्यमन्त्री लालबाबु राउतले मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न आह्वान गर्नु भएको छ ।

लहानमा आयोजित नेपाल राष्ट्रिय मारबाडी परिषदको १५ औ वार्षिक साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि  मारवाडी समुदायको सहयोग आवश्यक रहेको बताउनु भयो । 

प्रदेश सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न कदम चाली सकेको उल्लेख गर्नु हुँदै उहाँले लगानी सुरक्षाको चिन्ता नगर्न आग्रह समेत गर्नु भयो । 

प्रदेश प्रहरी गठन भए लगतै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको मातहतमा आउने भएकाले उद्योगी व्यवसायीलाई सुरक्षाको पूर्ण ग्यारेन्टी दिइने उहाँले बताउनु भयो । 

समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश नं. २को समृद्धिले मात्र पुरा हुने बताउनु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागी सबैलाई एकजुट भएर अघि बढनु पर्ने उल्लेख गर्नु भयो । 

प्रदेशमा संचालित बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा समेत आ–आफनो ठाँउबाट सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो । 

नेपाल राष्ट्रिय मारबाडी परिषदका अध्यक्ष पवन मित्तलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघीय सांसद पद्मनारायण चौधरी, प्रदेश नं. २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले नेपालको राजनीतिक आन्दोलन र आर्थिक समृद्धिमा मारवाडी समुदायले खेलेको भूमिका बारे चर्चा गर्नु भयो ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

601036
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top