जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


बिनावर्षा बस्तीमा बाढी पस्यो, भारतीय पक्षको चरम लापरबाही


समाज 13 पटक पढिएको


बिनावर्षा बस्तीमा बाढी पस्यो, भारतीय पक्षको चरम लापरबाही



सुरुमा थोरै पानी आयो, त्यसपछि निरन्तर पानीको मात्रा बढ्दै घर नै डुबानमा पर्‍यो,’ उनले अघि थपे, ‘हत न पत परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा लग्यौं ।’

तिलाठी-कोइलाडी गाउँपालिका ४ बनरझुल्लाका ललितनारायण यादव सोमबार राति खाना खाएर सुत्ने तरखरमा थिए । राति १० बजेतिर सुत्ने तरखर गरिरहेकै समयमा उनको आँगनमा एक्कासी पानीको भेल आइपुग्यो । वर्षा नभइकनै पानीको भेल एक्कासी आँगनमा आएपछि उनी अचम्भित र त्रसित भए ।

एक्कासी पानीको वेग आएपछि उनले हतपत बालबालिका र घरका सदस्यलाई सुरक्षित स्थानमा लगे ।


सोही ठाउँका जागेश्वर रायलाई पनि एक्कासी यस्तै विपति आइपुग्यो । ‘वर्षा नभइकनै एक्कासी बाढी आयो,’ उनले भने, ‘तत्काल त केही थाहा नै पाउन सकिएन् । धमाधम सुरक्षित स्थानको खोजीमा लाग्यौं ।’


यादव र राय मात्र होइन् तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र हनुमाननगर(कंकालनी नगरपालिका १२ का करिब डेढ् सय घरमा एक्कासी बाढी आयो ।


सप्तकोशी नदीको पश्चिमतर्फको बाँध तल रहेको यो वस्तीमा एक्कासी बाढी आएपछि सोमबार राति यो ठाउँका बासिन्दाहरु रातभर जाग्राम बसेका छन् । बाढी आएको समयमा कतिले खाना खाएका थिए भने कतिले खाने तरखर गरिरहेका थिए ।


यो बाढीले व्यक्तिको घर डुबानमा परेसँगै घरभित्रका धेरै सामानहरु बगाएको छ । कोशी नदीको बाढी घरभित्र पसेपछि हनुमाननगर कंकालनी १२ की सबाना खातुनको घर भत्किन लागेको छ । उनको घरभित्रको खाद्यानन्नसहितका सामानहरु बाढीले बगाएको उनले बताइन् ।


खातुनसहित धेरैको खाद्यान्नसहितका सामानहरु उक्त बाढीले बगाएको छ ।


एकाएक आएको बाढीले व्यक्तिको घर मात्र नभइ हनुमाननगर(कंकालनी नगरपालिकाको कार्यालय, नजिकमा रहेका विद्यालयहरु समेत डुबानमा परेको छ ।


प्रहरीका अनुसार डेढ् सय जति घर डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी भावेश रिमालले एक्कासी उक्त वस्तीहरुमा पानी पसेपछि घरहरु डुबानमा परेको बताए ।


भारतीय पक्षले डुबायो


सप्तरीमा सामान्य वर्षामासमेत सप्तकोशीको बाढी पस्नुमा भारतको लापर्वाही देखिएको छ । हालै भारतले पाइलट च्यानल खनेर सप्तकोशी नदीको बहाबलाई परिवर्तन गरेपछि नेपाली गाउँ डुबानमा परेको हो ।


भारत सरकारले कोशी योजनाले कोशी ब्यारेज भन्दा तल कोशीको मुलधारलाई हालै पाइलट च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि नेपाली वस्ती डुबानमा परेको हो । भारतले पाइलट च्यानल खनेकै कारण कोशी नदीको सामान्य बहाबकैबीच नेपाली वस्तीमा पानी बाढी पसेर जलमग्न बनेको छ ।


यसअघि ३ लाख क्यूसेकसम्म कोशी नदीको बहाब हुँदा समेत पानी वस्तीमा पसेको थिएन् । तर सोमबार साँझ मापन गरिए अनुसार १ लाख ७० हजार क्यूसेक बहाबकै पानी मानव वस्तीमा पसेर जनजीवन प्रभावित बनाएको स्थानीयहरुले बताएका छन् ।


भारतले पश्चिमतर्फ बहाब फर्काउनेगरी पाइलट च्यानल खनेपनि शुरुमा ध्यान नपुग्दा यस्तो क्षति भोग्नुपरेको स्थानीयहरुको भनाई छ ।


सप्तकोशी नदीको बहाबलाई पश्चिमतर्फ फर्काइएपछि जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका पूर्ण रुपमा जोखिममा परेको छ ।


भारतीय पक्षले खनेर गरेको बहाब परिवर्तनलाई समयमै ठीक नगरिए यी नगरपालिका र गाउँपालिका सधैं उच्च जोखिममा रहनेछ,’ तिलाठी(कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले भने, ‘माथिल्लो निकायबाट यसको पहल चाँडो भन्दा चाँडो हुनु जरुरी छ ।’


उनका अनुसार भारतीय पक्षले पाइलट खनेर पश्चिमतिर बहाब फर्काइएपछि नेपाली गाउँ बढी जोखिममा परेको छ ।


कोशी नदीको तटबन्ध र स्परहरु अत्यन्तै कमजोर रहेको अवस्थामा भारतले बहाब फर्काइदिएपछि जतिबेला पनि गाउँमा बाढी पस्ने खतरा रहेको बताउँछन् उनी ।अनलाइनखबर





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254057
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top