जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव


राजनिति 28 पटक पढिएको


प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव


जेष्ठ २९ नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २ को नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन माग गरेका छन्।

 सरकारले प्रदेशको नामकरण र भाषा तोक्ने सवालमा बहस गर्न डराइरहेको उल्लेख गर्दै यादवले आइतबार जनकपुरमा मैथिली विकास कोषले आयोजना गरेको ‘प्रदेशको नामकरण तथा भाषा’ सम्बन्धी बहसमा बोल्दै यस्तो माग गरेका हुन्। ‘प्रदेशको नाम मधेस र भाषा हिन्दी हुनुपर्ने एकथरी आवाज सुनिँदैछ,’ यादवले भने, ‘मधेस नाम र हिन्दी भाषा दुवैप्रति हाम्रो स्पष्ट विमति छ। सरकारले यो प्रस्ताव ल्याए हामी कडा प्रतिवादमा उत्रिन्छौं।’माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको नाम मिथिला–भोजपुरा र भाषा मैथिली तथा भोजपुरी तोकिनुपर्ने विचार व्यक्त गरे। मिथिला र मैथिलीविरुद्ध कुनै तर्क नरहेको उल्लेख गर्दै मण्डलले थपे, ‘प्रदेशको भूगोल र बसोबास गर्ने भाषाभाषीले सम्मानित महसुस गर्नेगरी तथा मिथिला र भोजपुराको अस्तित्वको सम्मान हुनेगरी निर्णय हुनुपर्छ।’





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

209006
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top