जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


बिहारमा मदिरा प्रतिबन्ध, नेपालबाट धमाधम ओसारिँदै


समाज 2 पटक पढिएको


बिहारमा मदिरा प्रतिबन्ध, नेपालबाट धमाधम ओसारिँदै


जेठ २८ गत्ते , राजविराज । भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि नेपालबाट प्रशस्त मात्रामा मदिरा निकासी हुन थालेको छ । प्रहरीले आइतबार एक हजार चार सय ४० बोतल मदिरासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

नेपालबाट भारतको कुनौली बजारतर्फ मदिरासहितको बोरा ओसारिरहेका बिनोदकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए । 

प्रनि क्षेत्रीका अनुसार उनको साथबाट मामाश्री नामको ६ सय २५ बोतल, दिलवाले नामको ६ सय बोतल र कस्तुरी नामको २१५ बोतल मदिरा बरामद भएको छ । मदिरा ओसारिरहेका अन्य व्यक्तिहरु भने भारततर्फ नै भागेको उनले जनाए । 

बिहार राज्य सरकारले रक्सीको विक्री वितरण तथा उत्पादनमा रोक लगाएपछि सिमावर्ती नेपालका विभिन्न बजारबाट मदिराको अवैध निकासी फस्टाएको छ । भारतीय मदिराप्रेमीहरुका लागि सिमावर्ती बजार र भन्सार कार्यालय आसपास प्रशस्त मात्रामा अवैध मदिराका पसलहरु खुलेका छन् ।

सप्तरी प्रहरीले तीन महिना अघि डाकनेश्वरी नगरपालिका–४ स्थित नेपाल भारतको दशगजा सिमानाबाट भारततर्फ बोलेरो पिकअपबाट लैजाँदै गरेको एक सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको थियो । त्यसअघि हनुमानननगर कंकालिनी–१४ स्थित डलवाबाट समेत प्रहरीले दुई लाख ५० हजार मूल्य बराबरको २० बोरा मदिरा बरामद गरेको थियो । 

दिनहुँजसो सिमावर्ती नेपालका बजारमा आएर मदिराको प्यास मेटेर फर्किने गरेका भारतीय मदिराप्रेमीहरुको भारतीय सीमा सुरक्षा बलका प्रहरीले मुख सुँघ्न थालेपछि निम्न वर्गका मानिसहरु आउन कम भएको छ । हुनेखाने भारतीयहरु भने आफन्त र होटलमा रातभर रक्सी पिएर भोलिपल्ट घर फर्किने गर्छन् । 

बिहार राज्यमा २०१६ मार्च ३० तारिखमा शरावबन्दीको कानुन पारित भएर अप्रिल १ तारिखदेखि कडाइका साथ कानुन लागू भएता पनि नेपालमा सेवन गर्न आउने र रातको समयमा अवैध ढंगले निकासी हुने गरेको स्थानीय पंकज झाले बताए । 

‘शरावबन्दी’ कानुनमा मदिरा उत्पादन, बिक्री–वितरण वा सेवन गरे एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म र १० वर्षसम्म कैद सजायको व्यवस्था छ । मदिरा ओसार्नेहरुले सीमा क्षेत्रनजिक स्टक गरेर राति प्रहरी नभएको मौकामा भारततर्फ निकासी गर्ने गरेका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

667884
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top