जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


अस्पतालका प्रमुखलाई कालो मोसो


समाज 36 पटक पढिएको


अस्पतालका प्रमुखलाई कालो मोसो


जेष्ठ २७ जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले मसी दलेका छन् ।

जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई मसी दलेका हुन् । अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूह आइतबार दिउँसो यादवलाई ज्ञापन पत्र बुझाउन गएको थियो ।

त्यहीबेला यादवले हप्काएपछि केही युवाले मसी शरीरमा खन्याइदिएका हुन् । घटनाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको थियो ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

210914
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top