जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी


राजनिति 63 पटक पढिएको


जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी


जेष्ठ २७

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुरा भयोे । करिब दुई दशकदेखि कर्मचारीका भरमा चलेको स्थानीय तहले जनप्रतिनिधि पायो । चुनावका बेला बाँडिएका आश्वासन र देखाइएका सपना, कति सपनामै सीमित छन् त कति कार्यान्वयनको क्रममा छन् । कतै कर्मचारी अभाव त कतै नीति, नियम अभावमा निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षित नतिजा दिन सकेका छैनन् । एकातर्फ लामो समयपछि भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिमाथि जनता अपेक्षाको चाङ ठुलो । अर्कोतर्फ लामो समय कर्मचारीको मनोमानीमा चलेका स्थानीय निकायलाई जनअपेक्षा अनुसार काम गर्ने बनाउनुपर्ने चुनौती । कैलालीको गौरिगंगा नगरपालिकामा यो एक वर्षको अवधिमा के कति काम भयो ? जनप्रतिनिधिहरूले कसरी काम गरिरहेका छन् र आगामी नयाँ कार्यक्रमहरू के के छन् ? यी र यस्तै विषयमा आधारित रहेर पत्रकार प्रकाश मिश्रले नगरपालिका उप प्रमुख अञ्चला चौधरीसँग कुराकानी गर्नु भएको छ ।
प्रस्तुत छ वहासँग गरिएको कुराकानीः

निर्वाचनमा धेरै प्रतिबद्दताहरु गर्नु भयो । जनताको आसा र भरोसा पनि धेरै नै छ । यस्तो अवस्थामा कामहरू कसरी अघि बढाइरहनु भएको छ ?

-जनताको आशा अनुसार काम गर्ने हिसाबले अघि बढेका छौ । खासमा यो पहिलो वर्ष भएकोले पनि व्यवस्थापनमा बढी समय खर्चिनु परेको छ । अब धेरै थोरै अनुभव साथमा भैसक्यो जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले अघि बढेको छु । आफ्नो कार्यकालको ५ वर्षमा समृद्ध नगर बनाउने योजनाका साथ बढेको छु ।

तपाईँ निर्वा्चित भएर आएपछि के परिवर्तन गर्नुभयो र के के गर्ने योजनामा हुनुहुन्छ ?

-खासमा अब आउने बित्तिकै पुरै परिवर्तन एकैपटक गरिने कुरा हैन बिस्तारै हुँदैछ । विकासका कामहरू अघि बढेका छन् । हामीले समावेशी विकास कार्यक्रमलाई अघि बढाएका छौ । त्यसका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य अघि बढि रहेकोछ । ६८ हजार जनसङ्ख्या रहेको नगरपालिका हो हाम्रो अब सबै तथ्याङ्क कागज रूपमा राख्नु भन्दा सफ्टवेयरमा राख्ने कार्य अघि बढाएका छौ । यो काम जिल्लामै नमुना काम हो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264788
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top