जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु


समाज 182 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु


दिलीप पाण्डेय जेष्ठ २७ रौतहट रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बौहर्वामा अनियन्त्रित भई ट्र्याक्टर पल्टिँदा च्यापिएर ट्र्याक्टरमा सवार रहेको १ जना ज्यान गएको छ। गौर चपुर सडक खण्डमा उत्तरबाट गौर तर्फ आई रहेको ना ४ त ३८०५ नम्बरको ट्याक्टर बौहर्वामा अनियन्त्रित हुँदा गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी अन्दाजी २० वर्षीय सुधीर सहनीको मृत्युु भएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् । सहनीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सहनी अहिले गौरमै रहेको महर्षि वाल्मीकि क्याम्पसमा आई एसी दोस्रो तहमा अध्ययनरत थिए । चालक फरार रहेको प्रहरी निरीक्षक यादवले जनाएको छ। 

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सहनीका भाइ रंधिर सहनीले भने आफ्नो भाइको मृत्यु रहस्यमय तरिकाले भएको बताएका छन् । ट्याक्टरमा चालक सहित ४ जना सवार थियो अरू सबै बाच्यो तर मेरो भाइको ज्यान गयो। घटनाको बारेमा अनुसन्धान भई रहेको र चालकलाई खोजी कार्य भई रहेको प्रहरी निरीक्षक यादवले जनाएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु, ४३ घाइते

सुनौला हजार दिन आयोजनाले महिलाहरुलाई चेतना जगाएको - शिक्षक यादव

सीडीओको निर्देशन कार्यालय प्रमुखले टेरेन , सरकारको कार्यालय कै जग्गामा बाटो ढलान गराए

घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण

पीडित सास्तीमै, राहत रकम फ्रिज

गौर नगरपालिकाको स्पष्टीकरण

रुपनदेहीमा फोरम नेपालको पैनल सहित दुई वाडा अध्यक्ष विजयी

छात्र छात्राहरुलाई शैक्षिक समाग्री वितरण

स्थानिय तहको निर्वाचनको परिणाम आउने क्रम जारी ,कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

233138
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top