जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


रौतहटको बंकुल बजारमा एनआईसी एसियाको नयाँ शाखा


अर्थ / वाणिज्य 112 पटक पढिएको दिलीप पाण्डेय


रौतहटको बंकुल बजारमा एनआईसी एसियाको नयाँ शाखा


दिलीप पाण्डेय जेष्ठ १७ रौतहट एनआईसी एसिया बैङ्कले नयाँ शाखा विस्तारको क्रममा रौतहटको बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, मा १४३ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बुधवार बौधीमाई नगरपालिकाका मेयर श्री राजीव रञ्जन यादवले रिवन काटेर बैकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरू, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउन्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैकले जनाएको छ ।बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

263913
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top