जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


पानीजहाज चढ्ने सुवास नेम्वाङको सपना अधुरै


राजनिति 25 पटक पढिएको


पानीजहाज चढ्ने सुवास नेम्वाङको सपना अधुरै


जेष्ठ १६ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पानीजहाज चढेर हिन्द महासागर जाने सपना यो वर्ष अधुरै रहने भएको छ । उनले केही दिन अघि विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव राखेका थिए । यो आफूले राति नभई दिउँसै देखेको सपना भएको भन्दै उनले पूरा गरेरै छाड्ने बताएका छन् । तर, यो वर्ष पानी जहाज अध्ययनमै सीमित रहने भएको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कोशी गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।


अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ । जसमा १ करोड अध्ययन तथा परामर्शमा मात्रै खर्च हुनेछ ।

सरकारले यो आयोजनालाई पहिलो प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा दुई देशबीच अन्तरदेशीय जलमार्ग विकासका विषयमा पनि समझदारी गरेका थिए । जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसारपसार गर्न दुई देशका प्रधानमन्त्री सहमत भएपछि सरकारले नेपालमा जलमार्गको अध्ययन अघि बढाउन लागेको हो ।

सो सहमतिपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसारपसार गर्न अन्तरदेशीय जलमार्गको विकास गर्ने उल्लेख छ ।

जलमार्गले नेपाललाई समुद्रसम्मको पहुँच दिने र सामान ओसारपसारमा सहज हुने सरकारको विश्वास छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

226396
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top