जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


झाडापखाला नियन्त्रणका लागि औषधि लिएर टोली दाङ जाँदै


शिक्षा / स्वास्थ्य 43 पटक पढिएको


झाडापखाला नियन्त्रणका लागि औषधि लिएर टोली दाङ जाँदै


जेष्ठ १३ सरकारले दाङदाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखालाबाट बिरामी बनेकाहरुका लागि औषधि पठाउने तयारी गरिएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले औषधिसहितको चिकित्सकको टोलीलाई त्यसतर्फ पठाउन लागेको हो ।

जनस्वास्थ्य अधिकृतसहित तीन जनाको टोली पठाएको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। केदारप्रसाद सेन्चुरीले जानकारी दिए । उनका अनुसार बिरामीको लागि औषधिको कुनै अभाव रहेको छैन ।


गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन् ।


आज बिहान भने महामारी फैलिएको गाउँबाट थप ४३ महिला र २५ बालबालिकालाई उपचारका लागि ल्याइएको उपचारमा संलग्न डा किशोर खत्रीले जानकारी दिएका छन्।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

233332
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top