जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


प्रसूति सेवा लिने महिला घट्दै


शिक्षा / स्वास्थ्य 22 पटक पढिएको


प्रसूति सेवा लिने महिला घट्दै


जेठ ११ ललितपुर सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ ।

अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा छैन । 

अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण छैन । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ । उनी भन्छन्, “जनशक्तिको कमीले गर्दा हामीले गर्न गाह्रो भएको छ ।” अस्पतालमा जम्मा सातजना मात्रै कर्मचारी रहेका छन् । प्रत्येक महिना १६/१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । यो संख्या चार/पाँच वर्ष पहिलेभन्दा कम हो । पहिले महिनामा ३५ जनासम्म महिलाले यहाँ प्रसूति सेवा लिएका थिए । सबै खालका सेवा आफूसँग नहुँदा जोखिम लिन नसकिने श्रेष्ठ बताउँछन् । 


उनी भन्छन्, “भ्याकुमनै गरेर बच्चा निकाल्नु पर्दा पनि हामीसँग उपकरण छैन ।” जिल्ला अस्पतालको निर्णय भए पनि सीमितबाहेक कर्मचारी र स्रोत आइसकेको छैन । 

पहिले भएको एम्बुलेन्ससमेत सञ्चालन गर्न नसक्दा त्यसको असर सबै खालका सेवासँगै प्रसूति सेवामा समेत परेको अस्पतालले जनाएको छ । 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

233330
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top