जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति 37 पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

233146
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top