जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


भतिजा हत्याको आरोपमा काका पक्राउ


राजनिति 20 पटक पढिएको




जेठ ८ । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् । वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् ।

पक्राउ परेका आनन्द चौधरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।  सो पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले घटना गरे लगत्तै फरार आनन्दलाई प्रहरीले खोजतलासका क्रममा सिरहाको लहानस्थित एक होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिएका छन् । 

अनुसन्धानको क्रममा विवाहस्थल नजिकै मोटरसाइकल पार्किङ गर्ने विषयमा काका भतिजाबीच विवाद हुँदा आनन्दले नै आवेशमा आएर हतौडा प्रहार गरि भतिजा अजयको हत्या गरेको खुलेको प्रहरी उपरिक्षक सिंहले भने, “उनले प्रारम्भिक बयानमै आफैले हत्या गरेको स्विकार गरेका छन् ।”  सो घटनाको सुक्ष्म अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक हरि विष्णु ढकालले घटनास्थलमा पटक पटकको अनुसन्धान र अनुगमनपछि अभियुक्तको पहिचान सम्भव भएको बताए ।  उनले भने, “गत बैशाख २५ गते अजयको बहिनीको बैवाहिक कार्यक्रममा सरिक भएका आनन्द अत्याधिक मदिरा सेवन गरेका थिए । बैवाहिक स्थल अगाडी नै मोटरसाइकल पार्किङ गर्न खोज्दा भतिजा अजयसँग उनको विवाद चर्किएको थियो । त्यतिबेला विवाहमा सरिक भएका आफन्तजनले विवाद थामथुम पारे पनि एका बिहानै फर्केर आएका आनन्दले सुतिरहेका अवस्थामा भतिजा अजयको टाउँकोमा हतौडा प्रहार गरि हत्या गरेका थिए । त्यसपछि आनन्द लहानमा गई लुकेर बसेका थिए ।”  पक्राउ परेका चौधरीलाई अदालतबाट म्याद थप गराई कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया सुरु गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

233148
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top