जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा


समाज 5 पटक पढिएको दिलीप पाण्डेय


पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा


दिलीप पाण्डेय जेष्ठ ०२ रौतहट// रौतहट जिल्लाको लाल बकैयामा भैरहेको पुल निर्माणमा कन्स्ट्रक्शनको ढिलाईको कारण हजारौं सेवाग्राहिहरुलाई पिडा भोग्नुपरिरहेको अवस्था छ ।

सदरमुकाम गौरलाई खासगरी क्षेत्र नं २ लाई जोड्ने एक मात्र पुल निर्माण भैरहेको हुँदा पनि हाल सम्म सम्बनिधत ठेकेदारको लापरवाहिले निर्माण हुनमा बाँकि रहेको ठेकेदारको व्यक्तिगत ईन्जिनियर सुरेश प्रसाद कुश्वाहाले बताएका छन् । 

२०७३ जेठ २६ गते सम्म पुलको सबै कार्य सम्पन्न गरी फर्यौट गरी हाल नै ठेकेदार र सरकारीबिच सम्झौता भएको र हाल सम्म पुलको खम्बा मात्र तयार भएको अवस्था देखिन्छ ।

 यो पुलको शिलन्यासकोक्रममा तत्कालिन प्रधानमन्त्री शुशिल प्रसाद कोइरालाले समय अवधि भित्र पुल सबै कार्य सकाए पछि ठेकेदारलाई पुरस्कृत गर्ने र नसकाएको ठेकेदारलाई जरिवाना समेत गर्ने आफ्नो बकैयतामा भन्नुको साथै कानुनमा पनि व्यवस्था रहेको हुँदा पनि अहिले सम्म ठेकेदारलाई कसैलाई केहि नभनेको अवस्था रहेको स्थानीय जन गुणसो आएको छ । 

औरैया गौर बकैया पुलको सम्पूर्ण कार्य सम्पन्न हुनमा अझै ५ वर्ष लाग्ने शंका रहेको स्थानीय गौर नगरपालिकाका वार्ड नं ४ का नवनिर्वाचित वडा अध्यक्ष भुनेश्वर साहीको भनाई रहेको छ । 

गौर टिकुलियाका हजारौं हजार पुल उपभोक्ताहरुले दैनिक रुपमा आवतजावत गर्नमा जान समेत जोखिममा रहेको प्रष्ट देखिन्छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

226606
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top