जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध


राजनिति 50 पटक पढिएको


कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध


जेठ २ काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले यही जेठ ७ का लागि निर्वाचन मिति तय गरेको थियो । तर हरेक पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि त्यसअगावै निर्वाचन समितिले निर्विरोध  भएको घोषणा गरेको हो। 

निर्विरोध निर्वाचित कार्यसमितिमा डा। मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन् । 

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी–जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा निर्वाचित भएको जानकारी निर्वाचन समितिले दिएको छ । 

दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । 

कांंग्रेस संसदीय दलको नेतामा यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । फागुन २१ गते भएको निर्वाचनमा प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

254197
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top