जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा


समाज 21 पटक पढिएको


वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा


३१ वैशाख, रामेछाप । अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।

सदमुकाम मन्थलीस्थित मन्थली माबिबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा ११ कक्षाको परीक्षा दिन गएकी मन्थली नगरपालिका १ कि उष्मा फुयाँललाई रणजोर खोलाले बगाएको हो ।


उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने उद्दार गरिएको छ । उनीहरु बिहान ६ बजेको समयमा खोला तर्न लाग्दा अकस्मात आएको बाढीले बगाएको थियो । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको हो ।


वेपत्ता भएकी फुयाँलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले रणजोर र तामाकोसी नदी किनारमा खोजी गरिरहेका छन् । उनको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।

राति १२ बजेपछि परेको भिषण वर्षापछि आएको बाढी पहिरोले मन्थली बजार अस्तव्यस्त भएको छ । बजारमा ठाउँठाउँमा माटोका ढिस्का जम्मा भएका छन् भने हाटेचौर तथा बसपार्क क्षेत्र डुवानमा परेको छ ।बजार माथिबाट आएका खहरेहरुमा बाढी आएपछि बसपार्क क्षेत्रका अधिकांस घरहरुमा पानी र लेदो माटो पसेको छ ।


बाढीले केही घरहरु भत्किाएका छन् । खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका छन् ।

बसपार्कदेखि मन्थली बजारसम्मको सडक ठाउँठाउँमा पुरिएको छ भने केही ठाउँमा बाढीले सडक खोलेर खाडल बनाएको छ । बसरपार्कको ट्राफिक बिट अगाडि ठूलो दह बनेको छ ।

मन्थली बजार क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

बजार क्षेत्रमा अबरुद्ध भएको सडक खुलाउने काम सुरु भएको छ । अहिले वर्षा रोकिए पनि आकाश नखुलेको कारण पुन वर्षा भएर क्षति हुने डरले स्थानीय आतंकित भएका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा

सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित

जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो

दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो

वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी

आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT

ताजा समाचार


धेरैले पढेको

199136
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top