जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 2 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



वीरगंजमा अज्ञात समुहले एउटा बसमा आगजनी ,बजार बन्द भएन

गौर जिल्ला अस्पतालमा पाइदैन सिरिन्ज

बिरगंज बस पार्कमा मृत अवस्थामा युवा भेटियो

वर्षौ देखि दैविक प्रकोप उद्धार समितिको जग्गामा बस्ने मत्सरीवासी पटक पटक प्रकोपको चपेटमा,सिडियोसंग राहत मांग

रौतहटको इनर्वा सहित दर्जनौं गाउँका जनताको ज्यान जोखिममा ,पुर्वमन्त्रीहरूसङ मेयर यादब दुस्खि

रौतहटको इशनाथ नगरपालिकाका मेयर र अधिकृतविरुद्ध उजुरी

वीरगंजमा राजस्वको छापामारी, पसलहरु बन्द

सिरहामा एक हफ्तामा ३ को हत्या

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT

ताजा समाचार


धेरैले पढेको

199126
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top