जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 41 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



सिरहामा एक हफ्तामा ३ को हत्या

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा।

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा

ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण

प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव

रौतहटको ईसनाथ नगरपालिकामा खुल्ला रुपले भारतीय सिमेन्टको प्रयोग

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263930
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top