जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 39 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



राजपा नेपाल को युवा नेता शाहद्वारा राहत वितरण

अाश्रय निर्माण सेवा द्वारा राहत वितरण

रौतहटमा राहतको बहानामा प्रचार गरिदै ,स्थानीय प्रसाशन निष्क्रिय

रौतहटमा नेपाल प्रहरी द्वरा नि: शुल्क स्वास्थ्य शिविर सुरु! राहतको नाममा नौटङ्की।

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे

रौतहटमा मृत्यू हुनेको सख्या १३ , बाढी तथा डुवान पिडितहरु राहतको पर्खाइमा

बाढीको पानीले रौतहटका दर्जनौं गा.बि.स हरु डुवानमा ! अलिले सम्म कुनै सुबिधा न भएको।

जमेकोले पानीले फतुहा महेशपुर लगायत दर्जन गा.वि.स.डुबानमा, १२ अगस्तको प्रभाव

जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर घुससहित पक्राउ
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263927
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top