जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 34 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



रौतहटमा राहतको नाउँमा नौटङ्की सुरु!१ हप्ता बित्दा अहिले सम्म राहत पुग्न सकेन।

युवा नेता शाहद्वारा राहत वितरण

श्री झरी नरसिंह युवा कल्व द्वारा राहत वितरण

बाढी–पहिरोबाट १३५ जनाको मृत्यु स् सरकारले बाढीपीडितहरुलाई प्रतिदिन जनही ७० रुपैयाँका नगद राहत

राजपा नेपाल को युवा नेता शाहद्वारा राहत वितरण

अाश्रय निर्माण सेवा द्वारा राहत वितरण

रौतहटमा राहतको बहानामा प्रचार गरिदै ,स्थानीय प्रसाशन निष्क्रिय

रौतहटमा नेपाल प्रहरी द्वरा नि: शुल्क स्वास्थ्य शिविर सुरु! राहतको नाममा नौटङ्की।

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231468
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top