जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 28 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



राहतमा पनि प्राविधिक सहायक सिंह भ्रष्टाचार गरेको भन्दै ब्रहम्पुरीबासीहरु आक्रोसित।

रौतहटमा राहत नपाएको भन्दै राजदेवी नगरपालिकाबासी द्वरा जिल्ला प्रशासन कार्यालय घेराउ ।

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

पुर्वी तराईमा सर्पदशंका विरामीहरुको संख्या बढ्दै

रौतहटमा आएको राहत दलालहरुले लुट्यो पीडित जनताहरु बाटोमा ओलियो

माहामारी रोक्न युनिसेफ सक्रिए

सामाजसेवी शाहद्धारा गौर ११ सिसवामा राहत वितरण

रौतहटमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने।

रौतहटबाट प्रहरी नायव उपरीक्षक भण्डारीको जि.प्र.काले गरे बिदाई ।
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263896
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top