जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 46 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



रौतहटमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ

अवैध मदिरा विक्रि वितरणले महिला हिंसालाई बढाबा दिँदै,स्थानीय सरकार मौण

प्रहरीलाई अझै चुस्त दुरुस्त पार्न विज्ञहरुको टोली गठन

सरकारले यो बजेट जनताका लागि होइन, आफ्ना कार्यकर्ताको भरणपोषणका लागि ल्याएको हो : कांग्रेस

३३ केजी सुन काण्ड : मुख्य आरोपी एसएसपी श्याम खत्रीद्वारा आत्मासमर्पण

भ्रष्टाचारमा लिप्त सिमावर्ती क्षेत्रका भन्सार कर्मचारीदेखि प्रहरीसम्म

BREAKING NEWS : एसएसपी श्याम खत्रीले अदालतसामु आत्मसमर्पण

नेपाली पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263945
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top