जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 22 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन घाईते

ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो

तीर्थयात्री चढेको जीप ताप्लेजुङमा दुर्घटना, २ को मृत्यु, ३ गम्भीर

जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते

राजपाले रौतहट क्षेत्र नं ४ बाट पूर्ब आई जीपि प्रदीप समशेरलाई भिड़ाउंने

ट्याक्टरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

अपहरणको आरोपमा ६ जना पक्राउ

करेन्ट लागेर बालिकाको मृत्यु

धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक पक्राउ
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT

ताजा समाचार


धेरैले पढेको

199157
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top