जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 40 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पहिलो चरण चुनावका लागि मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने

रौतहटमा निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहटमा यमुनामाई गाउँपालिकाले छाड्यो विद्यालय भवन

चुनावको मुखमा पेस्तोल र गाजा सहित ५ पक्राउ

आज साम ७ बजेको करिबमा यो महिललाइ घाइते आस्थामा रहेकोले साथीहरूसंग अनुरोध छ यो महिलालाई चिन्छ भने जिल्ला प्रहरी कार्यालय मा सम्पर्क गर्नु

रौतहट जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज झालाई एक लाख घूससहित हेल्थ असिस्टेन्ट पक्राउ

नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो

सिन्धुलीमा बलेरो दुर्घटनामा ४ को मुत्यु ७ जना घाईते

पर्सा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263929
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top