जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 17 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



३३ केजी सुन काण्ड : मुख्य आरोपी एसएसपी श्याम खत्रीद्वारा आत्मासमर्पण

भ्रष्टाचारमा लिप्त सिमावर्ती क्षेत्रका भन्सार कर्मचारीदेखि प्रहरीसम्म

BREAKING NEWS : एसएसपी श्याम खत्रीले अदालतसामु आत्मसमर्पण

नेपाली पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग

सवारी दुर्घटनामा २ को ज्यान गयो

चट्याङ लागी १३ जना घाइते, २ को अवस्था गम्भीर

फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231451
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top