जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु


समाज 21 पटक पढिएको




धनगढी कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए । 

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गौरमा पनि मानाईयो शहादत दिवश

वर्डा नं.३ का वडा अध्यक्षद्वारा टिकुलिया गाँउमा अनुगमन कार्य तीर्व

रौतहटको चन्द्रपुरमा भएको बम बिस्फोटमा ८ घाइते

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा

टिकुलिया र ओरैया बकैया नदिमा निर्माणहिन पुल पनि गुनस्तरीयहिन सम्बन्धी निकाय मन

जनकपुरमा एक किशोरीलाई मुख बाँधेर चार जनाले बलात्कार गरेको आरोपमा पक्राउ

कैलालीको उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवक पक्राउ

मलंगवामा गोली प्रहारबाट सर्लाहीका एक व्यापारी घाइते
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT

ताजा समाचार


धेरैले पढेको

231455
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top