जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


माओवादीका नेता पाँच थान बमसहित पक्राउ


राजनिति 3 पटक पढिएको


माओवादीका नेता पाँच थान बमसहित पक्राउ


३१ वैशाख, हेटौंडा । विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ ।

तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा ८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको जनाएको छ ।

उनको साथमा प्रेसर कुकर बम रहेको सूचना प्रहरीलाई थियो । तर उनको साथबाट पेट्रोल बम बरामद भएको बताइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

231491
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top