जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राजमार्गमा बम, गाडी तोडफोड


राजनिति 20 पटक पढिएको


राजमार्गमा बम, गाडी तोडफोड


वैशाख ३०, विराटनगर — पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दर हरैंचा नगरपालिकामा पर्ने खण्डमा बम भेटिएपछि आइतबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । उक्त नगरपालिकाको वडा ४ र ६ का बीच वडा कार्यालयछेउ बम भेटिएको हो ।

बन्द आह्वान गरेको विप्लव समूहको नेकपा माओवादीका कार्यकर्ताले विष्फोटक राखेको अनुमान गरिएको छ । उनीहरुले एउटा म्याजिक भ्यानमा तोडफोड समेत गरेका छन् । बिहानसम्म फाटफुट सवारी साधन चले पनि बम भेटिएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ ।

प्रहरी सो स्थानमा पुगेर निगरानी गरिरहेका छन् । नेपाली सेनाको थलाहास्थित गणबाट टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । सेनाको टोलीले ती स्थानमा भेटिएका बम निस्क्रिय बनाउने जनाएको छ ।

यस्तै, झापाको मेचीनगर नगरपालिका–७ स्थित प्रनिक पेट्रोलपम्पनजिकै आइतबार बिहान विष्फोट भएको छ । पम्पनजिकै पार्किङ गरी राखिएको सूर्योदय यातायातको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बर बसलाई लक्षित गरी अज्ञात समूहले विष्फोट गराएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी धनकुटा नगरपालिका–९ रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बर मोबाइल गाडीमा ढुंगा प्रहार भएको छ । कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा खण्डमा चल्ने सवारी साधनलाई सुरक्षा दिइ लैजाने क्रममा माथि डाँडाबाट ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

199188
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top