जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय


राजनिति 6 पटक पढिएको


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय


बैशाख २१ गत्ते,जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ ।

बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिए ।

सरकारले प्रदेशभित्रका आठु जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले दुई वटा थप विद्येयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत  व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

667935
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top