जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा


समाज 1 पटक पढिएको


श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा


चैत १२ गत्ते,रौतहट । चैत ५ गते आइतवार श्रीमती राजकुमारी देवीलाई निर्घात कुटपिट गरी घाँटी थिँचेर हत्या गरी फरार रहेका कटहरिया नगरपालिका ५ का ३५ बर्षिय बिजय साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साहलाई शनिवार साँझ पक्राउ गरेको हो । फतुुया बिजयपुर नगरपालिका बडहरवास्थित एक कुुखरा फर्मबाट अभियुुक्त साहलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले जानकारी दिए । 

पक्राउपछि अभियूक्त साह जिल्ला प्रहरी कार्यालय गौरमा रहेको र घटनाबारे अनुुसन्धान भईरहेको डिएसपी दानीले बताए ।

राजकुुमारी देवीको हत्या गरेर अन्य सहयोगीमार्फत शव जलाउन पठाई अभियुुक्त बिजय साह घटनालगतै फरार भएका थिए ।

मृतकलाई जलाउनै लागेको अवस्थामा प्रहरीले गत ५ गते सोमवार लालबकैया नदी किनारबाट मलामी गएका ५ कटहरिया नपा ५ र राजदेवी ३ का रामबालक साह सोनार, सुरेश साह सोनार, कपिलदेव साह सोनार, भोरी मलाह र राजकिशोर साह लाई प्रहरीले मलामी बाटै पक्राउ गरेको थियो ।

 त्यसक्रममा प्रहरीले २ बोतल पेट्रोल र ५ किलो चिनी पनि बरामद गरेको थियो ।

पाँचैजना अभियुुक्तमाथि कर्तब्य ज्यान अन्तर्गत मुद्धा गर्ता गरी जिल्ला अदालतबाट म्याद समेत थमाई सकेको जिल्ला प्रहरी प्रवक्ता दानीले जनाए । 

घटनामा संलग्न राजदेवीका भाइपर्ने रौतहट राजदेवी नगरपालिका ३ का राज किशोर साह र सुुरेस साह पनि छन् ।

दुुबैजना भाईले हत्याको बिरोध नगरी शव जलाउन सहमत र सहयोग गरेकाले उनीहरुमाथि पनि मुुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

मृतकको दुुई छोरा र दुुई छोरी रहेका छन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

210503
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top