जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव


समाज 8 पटक पढिएको दिलीप पाण्डेय


 प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव


चैत ५ रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादबले कृषि क्षेत्रलाई आधूनिकिकरण गर्न आवश्यक स्रोत साधन, गुणस्तरिय विउ विजन, मल खाद्य, कृषकलाई अनूदान, उत्पादित सामाग्रीको बजारीकरण प्राकृतिक प्रकोपबाट भएको क्षतिपूर्ति र मोअबजाको रकम प्रदान गर्ने काम आफूहरुको पहिलो प्राथमिकता रहेको प्रष्ट पारेका हुन् ।
प्रदेश नं २ का भूमि—व्यावस्थापन कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले कृषि क्षेत्रको चौतर्र्फी बिकास गर्दै प्रदेशलाई आत्म निर्भर र सबल बनाउने प्रतिब्दता व्यक्त गरेका छन् ।
 मन्त्री यादवले हालको प्रदेश सरकार ५ ‘स’ को आधारमा अर्थात सुशासन, स्वास्थय, शिक्षा, सिंचाई र समवृद्धिको लक्ष्य अबलम्वन गर्दै अघि बढिरहेको बताउदै सरकारलाई सबैबाट सहयोगको अपेक्षा रहेको बताए ।  उहाँले रौतहट जिल्लाका किसानहरुको लागि आएको विभिन्न अनूदानको रकम सहित बाढीबाट नष्ट भएको बाली नालीको उचित मुअबजाको रकम दिलाउन आफू सक्रिय रहेकोे भन्दै पिडित किसानहरुलाई हतोतसाहित नहुन आग्रह गरे ।
मन्त्री यादवले प्रदेको आर्थिक क्षेत्र समवृद्धिको लागि आउने साल भरिमा एक दर्जन चिनी मिलको स्थापना हुने ठोकुवा गरे । यादवले ५४ लाख जनसंख्या रहेको प्रदेश नं २ को प्रति व्यक्ति आय मात्र ११ सय रहेको भनी दुःख व्यक्त गर्दै यसको उच्च दर बढाउन सबै आ—आफ्नो ठाउँबाट पसिना बगाउनु पर्ने बेला आएको बताए ।
 उहाँले वन फडानी रोक थाम सहित कृषि र भूमि व्यवस्थापनको लागि अवस्थित रौतहट सहित अन्य जिल्लाका कार्यालयमा भईरहेको भ्रष्टाचार रोक्न शून्य सहनशिलता को निति अपनाउने चेतावनी दिए । फरक प्रसंगमा बोल्दै मन्त्री यादवले प्रदेश नं २ को सरकारले जनतासंग भएको जिज्ञासा पोख्न हेलो सरकार भन्ने कार्यक्रम ल्याउन लागेको जानकारी समेत गराए ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

710720
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top