जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


सिरहामा आगलागीबाट ४० लाखको क्षति


समाज 20 पटक पढिएको


सिरहामा आगलागीबाट ४० लाखको क्षति


सिरहा । सिरहा नगरपालिकामा शुक्रबार दिउँसो आगलागी हुदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

सिरहा नगरपालिका वडा ८ मा आगलागी बाट ४० लाख मुल्य बराबरको क्षती भएको छ । शुक्रवार दिउँसो बिधुतिय सट सर्किट भएर आगलगी हुँदा स्थानिय किशुन यादवको घर जलेर नष्ट भएको स्थानियले बताएका छन ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सुन चाँदिका गहनाहरु र नगद सहित गरि करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको परिवार जनले बताए । आगलागी भएपछि स्थानिय र बारुद नियन्त्रणको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको खबर पाउना साथ नेपाल रेडक्रस सोसाईटी सिरहा द्वारा क्रिपाल र बाल्टिन् सहयोग गरेको छ । यस्तै संयुक्त रुपमा विजय यादव, रामकुमार यादव, संजय यादव, रामपुकार र महेन्द्र साह आर्थिक रुपमा समेत सहयोग गरेको स्थानीहरुले बताएका छन ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

178792
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top