जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


सार्क उद्यमी सम्मेलन आजदेखि


समाज 3 पटक पढिएको


सार्क उद्यमी सम्मेलन आजदेखि


चैत्र ०२ दक्षिण एसियाका व्यवसायीहरुको वृहत सम्मेलन सार्क बिजनेस लिडर्स कनक्लेभ आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रिय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कर्मशले यो सम्मेलन आयोजना गरेको हो ।

विकास र समृद्धिको नारासहित केपी ओली नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक नेपालमा यस्तो सम्मेलन हुने भएको हो । सम्मेलनको प्रधानमन्त्री ओलीले साँझ ५ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा यस क्षेत्रका उद्यमी व्यवसायी, राजनितिक र प्रशासनिक नेतृत्व तथा विज्ञहरुसहित २ सयभन्दा बढीको सहभागिता रहनेछ । तीनदिनसम्म चल्ने कन्क्लेभको यो छैटौं संस्करण हो । सम्मेलनको पहिलो दिन उदघाटन सत्र मात्र हुने तथा भोली र पर्सि विभिन्न सेसन हुनेछन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

265124
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top