जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


कालीगण्डकीमा जिप दुर्घटना,एक जनाको मृत्यु


समाज 1 पटक पढिएको


कालीगण्डकीमा जिप दुर्घटना,एक जनाको मृत्यु


चैत्र ०२ म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

226938
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top