जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


फोरम र राजपा लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी


राजनिति 107 पटक पढिएको


फोरम र राजपा लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी


चैत्र ०२ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक महिनापछि ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भए पनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी छ ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबण्डा गरिसकेका छन् । तर फोरम र राजपा सरकारमा सहभागी हुने भए उनीहरुका लागि पनि केही मन्त्रालय छुट्याएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्ने निर्णय भने भएको छैन । यसबारेमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने छलफलले टुंगो लगाउने छ ।

त्यसपछि मात्र फोरम र राजपासँग थप छलफल गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले फोरम र राजपा सरकारका सहभागी हुने भए मन्त्रालयको संख्यासमेत केही थप गर्ने तयारीमा रहनुभएको छ ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालयसहित बढीमा २५ मन्त्रालय राख्न सकिने छ । तर ओली सरकारले संघीय प्रशासनिक भार बढ्ने भएको भन्दै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ वटा कायम गरेको थियो ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

178831
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top