जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा विद्युत चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ


समाज 2 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा विद्युत चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ


रौतहट २ चैत । विद्युत चोरी गरेको आरोपमा रौतहटका एक वडा अध्यक्ष पक्राउ परेका छन ।चुहावट नियन्त्रको लागि खटिएको विद्युत प्राधिकरण रौतहट शाखाका कर्मचारी र सुरक्षाकर्मीको टोलीले रौतहटको भीमडावर ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवलाई पक्राउ गरेको हो ।

यादवसहित १९ जनालाई रौतहटको भिमडावर, पथरा, डुमरिया, महम्मदपुर, भसेडवा, पिपरिया, विर्तीबाट पक्राउ गरिएको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।

भिमडावरबाट वडा अध्यक्ष सहित ६ जना विद्युत चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । पक्राउ परेका वडा अध्यक्षलाई ९ हजार रुपैया जरिवाना तिराइएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोस्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयतामा पक्राउ गरी जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

265048
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top