जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


जन्तीबाट फर्किदै गरेको कार दुर्घटना हुँदा धनुषामा चार जना घाइते


समाज 74 पटक पढिएको


जन्तीबाट फर्किदै गरेको कार दुर्घटना हुँदा धनुषामा चार जना घाइते


जनकपुरधाम, । चालकको लापरवाहीले धनुषामा जन्तीबाट फर्केको कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । धनुषाको बटेश्वर गाउँपालिकाबाट २ भूचक्रपुरबाट मिथिला नगरपालिका बेंगाडाबर जन्ती गई फर्किर्दै गरेको बी आर ०१ बी जेड ८८७२ नम्बरको कार अत्यधिक गतिको कारण अनियन्त्रित भएर बटेश्वर गाउँपालिका १ चित्रपुरमा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका दिगम्बरपुर बस्ने २९ वर्षकी संगीता देवी सिंह , बर्दिबास नगरपालिकाकी २५ वर्षकी संगीता महतो, बटेश्वर गाउँपालिका २ भूचक्रपुरकी १२ वर्षकी अस्मिता कुमारी महतो र महोत्तरी पशुपतिनगरकी १२ वर्षकी अर्चना कुमारी सिंह घाइते भएकी हुन् । उनीहरुको जनकपुरको जानकी हेल्थकेयरमा भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएको छ ।

स्थानीयबासिन्दाका अनुसार चालकले मादक पदार्थ सेवन गरी तिव्रगतिमा गाडी चलाउँदा दुर्घटना भएको हो । सवारी चालक र दुर्घटनाग्रस्त कारलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

301516
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top