जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने


समाज 55 पटक पढिएको


विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने


काठमाडौं । यु.यस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ। आज बिहान साढे ९ बजेपछि मात्र पोस्टमार्टम गरिने भएको हो।

दुर्घटनामा मृत्यु भएका सबै ४९ जनाको शव अहिले महाराजगन्ज त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। अस्पताल स्रोतका अनुसार विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएको छ। करिब ४० शव जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा छन्।

पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ। बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडान भरेको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना हुँदा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका २२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक रहेको बताइएको छ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

301497
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top