जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित ३९ हजार मतभार पाउँदै


राजनिति 66 पटक पढिएको


राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित ३९ हजार मतभार पाउँदै


काठमाडौं । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मत भार पाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईले ११ हजार ७३० मत भार पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतपरिणाम घोषणा हुन भने बाँकी छ । मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका थिए । संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको मतदानमा प्रतिनिधिसभाका ३ सय २६ जनाले मतदान गरेका थिए ।

त्यस्तै प्रदेशसभाका ५ सय ३६ सदस्यले मतदान गरेका थिए । नयाँ शक्ति, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारले मतदान मतदानमा भागै लिएका थिएनन् ।

डा बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेका थिए । त्यस्तै प्रदेशसभातर्फ प्रेमबहादुर तामाङ, प्रभात गिरी, धनमाया पोख्रेल, रमेश पौडेल, मनिशकुमार सुमन, कृष्णप्रसाद चौधरी, सुरेन्द्र गोसाईं, हरीशरण आचार्य, सृजना सैजु, हिमबहादुर शाही, डिन पन्त, शोभा शाक्य, विराजभक्त श्रेष्ठपनि अनुपस्थित रहेका थिए ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

178855
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top