जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


रौतहटमा ६५ किलोको मालाले स्वागत माधव नेपाललाई


राजनिति 9 पटक पढिएको दिलीप पाण्डेय




फागुन २५ रौतहट– रौतहटमा पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ट नेता माधव कुमार नेपाल लाई ६५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

रौतहटको देवाही गोनाही न पा धरहरी स्थित ग्याँस तथा सिलिन्डर चुल्हो बितरण समारोहमा नेता नेपाललाई जयकिशान माविले ६५ किलोको माला लगाएर स्वागत गरेको हो ।

यसअघि एमाले शीर्ष नेता जानै नसक्ने मधेसका जिल्लामा निर्वाचन पछि भने माहोल फेरिएको स्थानीयले बताएका छन् । सो अवसर मा २०० जना स्थानीयलाई ग्याँस तथा चुल्हो बितरण गरिएको हो ।

कार्यक्रममा नेता नेपालले आधुनिक युगमा दाउराको प्रयोग मानव स्वास्थका लागि हानिकारक रहेको बताए ।

जिल्लाको विकासका लागि आफू सदैव तत्पर रहने भन्दै नेता नेपालले सक्दो प्रयास गर्ने आश्वसन पनि दिए । 

कार्यक्रममा सांसद प्रभु साहले निर्वाचन पहिले आफुले जारी गरेको घोषणापत्र अनुसार ग्याँस वितरण गरिएको बताए ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

392981
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top