जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


संविधान गतिशील राजनीतिक दस्तावेज : यादव


राजनिति 9 पटक पढिएको


संविधान गतिशील राजनीतिक दस्तावेज : यादव


काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । संविधानमा संघीयता र धर्मनिरपेक्षतालगायत केही राम्रा पक्ष रहेको उल्लेख गर्दै उनले न्यायमा समान पहुँच र अनुभूति गर्न नपाएका समुदायले अपनत्व महसुस गर्नेखालको संविधान बनाउन यसको संशोधन जरुरी रहेको उल्लेख गरे ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा प्रणाली र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले ती विषयमा सबैको समान मत भएमात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राखे ।

बन्द भएका उद्योगधन्दा सन्चालन गर्नुपर्ने र नयाँ उद्योगधन्दाको स्थापनाका लागि सामूहिक प्रयत्न जरुरी रहेको उनको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले आर्थिक वृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताइन् ।

नेमकिपाका प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि घुसखोरी र कमिसनखोरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने, विद्युत् खरिद गर्ने अवस्थाको अन्त्य हुनुपर्ने र स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै रोजगारीको खोजीका लागि विदेशिने युवालाई यहीँ राख्न विशेष पहल गर्नुपर्ने बताए । राप्रपाका राजेन्द्र लिङ्देनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

263614
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top