जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु ।


समाज 3 पटक पढिएको दिलीप पाण्डेय


रौतहटमा भएको छूटा छूटै दुर्घटनामा दुइ जनाको मृत्यु ।


रौतहट २१ फागुन रौतहट जिल्लाको दुइ छूटा छूटै ठाउमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएका छन ।

गौर नगरपालिका वार्ड नम्बर १ मुख्य सड़कमा भारतीय नम्बरको मलबाहक ट्रकको ठक्करबाट अज्ञात युवकको मृत्यु भएको छ । डव्लू बी २३ सी ६१८६ नम्बरको ट्रक भारतको बैरगनियावाट आउदै गर्दा ठक्कर दिएको हो । मृतकको पहिचान हुन सकेको छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मानसिक संतुलन गुमाएका युवक रहेको छ  ।

कालो रंगको देखिने टी शर्ट तथा फुलपैंट लगाएको युवकको उमेर २५ वर्षको रहेको अनुमान गरिएको छ । ट्रक प्रहरीको नियंत्रणमा रहेको छ भने चालक फरार भएका छन । घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 यस्तै ईशनाथ नगरपालिकाको वार्ड नम्बर ८ निवासी ३५ वर्षीय कामोध ठाकुरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । चलाई राखेको बा ५४ प ४७१० नम्बरको मोटर साइकल अनियंत्रित भई दुर्घटना हुदा ठाकुरको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






कमेन्टसहरु



254007
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top